दफा २७
हुलाक वस्तुहरुको बीमा
नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायका कुराहरुको निर्देशन दिन सक्नेछः–
(क) हुलाक वस्तु हुलाकबाट चलान गर्दाको अवस्थामा हराउने वा नोक्सान हुने खतराबाट बचाउनको निमित्त सम्बन्धित हुलाक अड्डामा यो ऐनको अरु दफाहरुमा लेखिएको कुराहरुको अधीनमा रही वीमा गराउने र त्यसको रसीद पोष्टिंग गर्ने व्यक्तिलाई हुलाक अड्डाबाट दिने, र
(ख) बीमा वापत सोही सूचनामा तोकिए बमोजिमको थप दस्तुर लाग्ने ।